फोटोफिचर


माइतीघरमा सहकारीपीडित र प्रहरीबीच झडप (तस्बिरहरू)


सरोज बैजु
मंसिर ५, २०८१ बुधबार १५:४७, काठमाडौँ

काठमाडौँको माइतीघर मण्डलमा सहकारीपीडित र प्रहरीबीच झडप भएको छ। सहकारीमा आफूहरूले गरेको वचत रकम फिर्ताको माग गर्दै पीडितहरू आन्दोलनमा उत्रिएका थिए।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो।

उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गट्ठाघर, पुल्चोकलगायत स्थानबाट जुलुस निकालेका उनीहरू माइतीघरमा भेला भएका थिए।

थापाथलीतिरबाट आएको प्रदर्शनकारीको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गेट नजिक प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपमा केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad