ad ad

फोटोफिचर


गागलफेदीमा ड्रोनबाट धानखेत नियाल्दा...


सरोज बैजु
भदौ २५, २०८१ मंगलबार १८:४९, काठमाडौँ

काठमाडौँ उपत्यकाभित्र खुला ठाउँ र हरियाली भेटाउन मुस्किल भइसक्यो। सरकारी, सार्वजनिक वा निजी, जस्तासुकै जमिनमा पनि कंक्रिटका संरचना ठड्याउने होडबाजी देखिन्छ।

उपत्यकाका वरपर डाँडाकाँडामा पुगेर हेर्दा खचाखच घरभित्र केही हरियो भू–भाग देख्न सकिन्छ। उपत्यकाका काँठ क्षेत्रमा देखिने यो दृश्य गत असारमा रोपाइँ गरिएका धान खेत हुन्।

काठमाडौँको गागलफेदीभन्दा माथि डाँडाबाट धानखेतको दृश्य मनोरम देखिन्छ। मंगलबार गागलफेदीबाट ड्रोन क्यामेराबाट नियाल्दा किसानहरू धान गोडमेल गरिरहेको भेटिए।

देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाइँ हुने सरकारी अनुमान रहे पनि ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको सरकारी आँकडा छ। तर, उपत्यकामा भने खेतीयोग्य जमिन पनि मासेर सहरी संरचना छोप्ने क्रम तीव्ररूपमा चलिरहेको छ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .