नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको सेमिफाइनलमा इरानमाथि सोझो सेटको जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।
दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो।
पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो।
योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो।
नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग खेल्नेछ।























387
Shares

प्रतिक्रिया