ad ad

फोटोफिचर


रोचक प्रतिस्पर्धामा उपाधि नजिक पुग्दाको हर्षोल्लास (तस्बिरहरू)


सरोज नेपाल
साउन २२, २०८१ मंगलबार २१:१७, काठमाडौँ

नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको सेमिफाइनलमा इरानमाथि सोझो सेटको जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो।

दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो।

पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो।

योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो।

नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .