फोटोफिचर


सिंहदरबारअगाडि पृथ्वीनारायणलाई सम्मान (तस्बिरहरू)


सरोज नेपाल
पुस २७, २०८० शुक्रबार १३:५१, काठमाडौँ

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण नारायण शाहको ३०२औँ जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइएको छ।

शुक्रबार पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देशभर विविध कार्यक्रम गरिएको हो।

सिंहदरबारको मूलगेटस्थित पृथ्वीनारायण शाहको शालिक परिक्रमा गर्दै पदयात्रा कार्यक्रम गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सहभागी पदयात्रा टोलीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

त्यसक्रममा विभिन्न राजावादी समूह र सर्वसाधारणको पनि बाक्लो उपस्थिति थियो। यस दिन सरकारले बिदा दिए पनि औपचारिक कार्यक्रम आयोजना गरेको छैन।

राष्ट्रपति रामचन्द्र पौडेलसहितले शुभकामना दिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना भन

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .