ad ad

फोटोफिचर


भृकुटीमण्डपमा युवा संघ र अनेरास्ववियूको राँके जुलुस (तस्बिरहरू)


सरोज बैजु
मंसिर ६, २०८० बुधबार १८:३२, काठमाडौँ

नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ र अनेरास्ववियूले काठमाडौंको भृकुटीमण्डपमा राँके जुलुस निकालेको छ। 

भोलि (मंसिर ७) गते आह्वान गरिएको वृहत् प्रदर्शन सफल पार्नका लागि बुधबार प्रदर्शनीमार्गस्थित ‘नेपाल ल क्याम्पस’ अगाडी राँके जुलुस निकालिएको हो। 

प्रदर्शनमा सहभागीहरूले मंसिर ७ गतेको कार्यक्रम सफल पार्न भन्दै नारा लगाएका थिए। 

मंसिर ७ गतेको प्रदर्शनको सफलता आह्वान गर्दै सो मसाल जुलस निकालिएको युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले बताएका छन्। 

मंसिर ७ गते युवा संघले प्रदर्शन गर्दैछ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र युवा संघको कार्यक्रम एकैदिन परेपछि काठमाडौं जिल्ला प्रशासनले विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। 

सो दिन हुनसक्ने सम्भावित घटनाका बारेमा सचेत हुँदै प्रशासनले नयाँ बानेश्वर, माइतीघर मण्डल, बालुवाटार र शीतलनिवास क्षेत्रमाा निषेधाज्ञा जारी गरेको हो।

तस्बिरहरूः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .