ad ad

फोटोफिचर


भासियो बुद्धनगर–बबरमहल जोड्ने धोबीखोला पुल (तस्बिरहरू)


सरोज नेपाल
साउन १०, २०८१ बिहिबार १५:५१, काठमाडौँ

काठमाडौँको बुद्धनगरस्थित धोबीखोलामाथिको पुल भासिएको छ।

बुद्धनगर र बबरमहल जोड्ने पुल भासिएपछि त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नं १० र ११ जोड्ने यस पुलको दायाँबायाँ भीएस निकेतन स्कुल र रोजबड स्कुल छन्।

यस क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाएर केही वर्षअघि मात्र करिडोरको बाटो खुलाइएको थियो।

केही दिनदेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले पुल चर्किएको त्यसपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .