ड्युटीमा रहेका डाक्टरसहितका स्वास्थ्यकर्मीहरु कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजका कर्मचारी दोस्रो दिन पनि आन्दोलित भएका छन्।
आइतबार सबेरै बिहान १ बजे डा. मनिष खड्कासहितलाई डाइलायसिस गर्न पुगेका बिरामीका आफन्तले ड्युटीमै रहेका बेला कुटपिट गरेका थिए।
उक्त घटनापछि केएमसीका चिकित्सकसहितका कर्मचारी आइतबारदेखि आन्दोलित थिए। उनीहरुले असुरक्षा महसुस भएको भन्दै सोमबार पनि प्रदर्शन गरेका छन्।
शनिबार मात्रै सरकारले चिकित्सहरुमाथि कार्यस्थलमा हुने कुनै पनि आक्रमण रोक्ने प्रतिवद्धता गरेको थियो। तर लगत्तै केएमसीमा कुटपिट भएपछि आन्दोलत भएको हो। केएमसीको कुटपिट प्रकरणमा प्रहरीले गुल्मीका दुई युवालाई समाति सकेको छ।
असोज १५, २०८०, साेमबार
18
Shares
प्रतिक्रिया