कला


अनमोलबारे प्रदीप खड्काको टिप्पणी : सुहागरात मनाइसकेपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

अनमोलबारे प्रदीप खड्काको टिप्पणी : सुहागरात मनाइसकेपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार १२:०, काठमाडौँ

नायक अनमोल केसी पक्राउ प्रकरणलाई लिएर अर्का नायक प्रदीप खड्काले विवादित अभिव्यक्ति दिएका छन्। 

गत शुक्रबार पक्राउ परेर आइतबार राति अनमोल हाजिरी जमानीमा जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भइसकेपछि प्रदीपले विवादित अभिव्यक्ति दिएका हुन्। 

चलचित्र ‘रावायण’ मा खेल्छु भनेर पैसा लिइसकेपछि धोका दिएको भन्दै सुदर्शन थापाको ब्यानरको तर्फबाट उजुरी गरेपछि तीन दिन हिरासतमा बसेर अनमोल रिहा भइसकेका छन्।

तर यो प्रकरणलाई लिएर अर्का नायक प्रदीपले अनमोलको दोष देखाउँदै सार्वजनिक अभिव्यक्ति दिएका छन्। 

उनले चलचित्र क्षेत्रमा निर्मातालाई सुरक्षित गर्नु जरुरी रहेको बताएका छन्। उनले निर्देशकलाई काम गर्ने स्वतन्त्रता र कलाकारलाई मेकरमा चित्त नबुझ्दा प्रोजेक्ट छाड्ने छुट रहेको पनि बताएका छन्। 

‘निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनुपर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट इन्कार गर्ने छुट छ’, उनले भनेका छन्, ‘तर सबै सिस्टममा बसेर हुनुपर्छ। मनोमानी ढंगले होइन। फिल्म गर्न सक्दिनँ भन्दा, पख तलाई देखाइदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहाँ फसे भन्ने नभाको पनि होइन तर सिस्मटभन्दा बाहिर गइएन, कोही जानु हुन्न।’ 

उनले कलाकार एउटा निमित्त मात्रै भएको बताउँदै निर्देशक र निर्माताभन्दा माथि हुन नसक्ने बताएका छन्। ‘म कलाकार भएर यो स्वीकार्दै गर्दा निर्माता, निर्देशकहरु अनि सरोकारवाला सम्पूर्णलाई म गलत भए सच्चाइदिनु हुन अनुरोध छ’, उनले भनेका छन्। 

उनले अनमोलले फिल्म गर्दिनँ भनेको प्रसंगलाई विवाहपूर्वको र विवाहपछिको सम्बन्धमा लगेर जोडेका छन्। ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मनपर्न छाड्यो भन्ने?’, उनले भनेका छन्, ‘विवाह भइसकेपछि सुहागरात मात्रै भएको हो मलाई मन परेन। अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु, होइन भने दुलही लानुस् म बिस्तारै दाइजो फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .