फोटोफिचर


फर्काइँदै सहरी सौन्दर्य, फूलले सजाइँदै सडक र पुल (फोटोफिचर)


सरोज बैजु
असार १८, २०८० सोमबार १९:३९, काठमाडौँ

संघीय राजधानी काठमाडौं पछिल्लो समय कंक्रिटको सहर बनेको छ। कुनै बेला अन्नको भण्डार काठमाडौं उपत्यकामा अब खेतियोग्य जमिन भेट्न पनि मुस्किल छ।

अझै सडक विस्तारका नाममा धार्मिक सम्पदाको यो सहरका रुख बिरुवा सबै मासिएका छन्। सडक दायाँबायाँका रुख बिरुवा मासिँदा मरुभूमिकरणतर्फ बढिरहेको काठमाडौंको सौन्दर्य फर्काउने प्रयास भइरहेको छ।

काठमाडौंका सडक र पुलहरुमा अहिले फूलका गमला सजाउनेदेखि वृक्षारोपण पनि तीव्र बनाइएको छ।

धुवाँ र धुलोले कुरुप हुने काठमाडौंको सौन्दर्य फर्काउन काठमाडौं महानगरपालिकाले वृक्षारोपणसँगै फूलहरुले सजाउने कामलाई पनि तीव्र बनाएको छ।

पछिल्लो  पटक काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजलाई चिटिक्क बनाउने कोसिस गरेको छ।

महानगरको टोलीले मालीहरु खटाएर आर्क ब्रिजमा विभिन्न प्रजातिका फूलसहितका गमला चिटिक्क सजाइरहेको छ।

धोबीखोलामाथि आर्क ब्रिज चिटिक्क देखिए पनि यसलाई सजाउन सकिएको थिएन। तर महानगरले फूलसहितका गमला राखेर यसको सजावट गरिरहेको छ।

आर्क ब्रिज फूलैफूलले चिटिक्क देखिएपछि अहिले त्यहाँ सेल्फी लिने र फोटो खिचाउनेको भिड लाग्न थालेको छ।

महानगरले सहरी सौन्दर्य बचाइरहन वृक्षारोपण पनि गरिरहेको छ। सडकका दायाँबायाँ गरिएको वृक्षारोपणले हरियाली बढाउने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .