भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्किएका छन्।
गत १७ जेठमा प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका प्रधानमन्त्री प्रचण्ड ४ दिनपछि शनिबार साँझ नेपाल आइपुगेका हुन्।
उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतले स्वागत गरेका थिए।
भ्रमण सकेर फर्किएलगत्तै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यसअघिका भ्रमणभन्दा यो पटक उपलब्धिपूर्ण भएको दाबी गरेका छन्।
हेर्नुस् तस्बिरमाः
जेठ २०, २०८०, शनिबार
51
Shares
प्रतिक्रिया