फोटोफिचर


‘सरकार! मेरो पति खोइ?’ (तस्बिरहरू)


सरोज बैजु
बैशाख ५, २०८० मंगलबार १७:४७, काठमाडौँ

द्वन्द्वपीडित संघर्ष समितिले संसदमा पेस भएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।

संघर्ष समितिले मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो।

समितिले आफूहरुले शान्तिपूर्ण रुपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताएको छ। 

आन्दोलनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै द्वन्द्व पीडित परिवार सदस्य शोभा बिसीले टीआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताइन्।

साथै, उनले आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताइन्।

द्वन्द्वकालमा आफ्ना श्रीमान किन मारेको? भन्दै सरकासँग प्रश्न गरिन्।

‘हामी २७ दिन भयो टीआरसी सम्बन्धी विधेयक जुन सरकारले अहिले ल्याएको छ, हामीले शान्तिपूर्ण ध्यानाकर्षण गराउँदा पनि राज्यले बल
प्रयोग गरेको छ। हामी माओवादी पीडित परिवारहरु हो। सुरक्षाकर्मी परिवार र सिभिल परिवार पनि हुनुहुन्छ’, उनले भनिन्, ‘प्रहरीले अहिले मात्रै ८ जना साथीहरूलाई भित्र लगिसकेको छ। हाम्रो संयोजक रिता कार्कीसहितलाई नियन्त्रणमा लिएको छ।’

प्रदर्शनमा उत्रिएकाहरुले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोई? लुटिएको सम्पती फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ? घाईते, अपाङ्ग र अशक्त पारिएकाहरुको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .