फोटोफिचर


टेकु दोभानबाट २०७९ को अन्तिम सूर्यास्त (तस्बिरहरु)


सरोज बैजु
चैत ३०, २०७९ बिहिबार १९:०, काठमाडौँ

नेपालीहरुमाझ प्रचलित विक्रम सम्बतको २०७९ साल बिहीबारदेखि बिदा भएको छ।

२०७९ सँगै नेपालीहरुबाट २०७० को दशकले पनि बिदा लिएको छ।

यो १० वर्ष नेपालको राजनीतिमा कोशेढुंगा सावित भयो। यही दशकभित्र नेपालको नयाँ संविधान पनि बनेको छ।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोजमा नेपालको नयाँ संविधान जारी भएको थियो।

त्यसपछि नेपाल संघीय प्रणालीमा गएर अहिले देशभर सातवटा प्रदेश सरकार सक्रिय भएका छन्। 

नेपालीहरुले यो दशकमा कयौँ राजनीतिक उपलब्धि गरे पनि देशले आर्थिक रुपमा सोचेजति फड्को मार्न सकेको छैन।

बढ्दो बेरोजगारी, युवा जनशक्ति पलायन, कुशासन, भ्रष्टाचार र अनियमिततामा अझै पनि राजनीतिक नेतृत्वले लगाम लगाउन सकेको छैन।

२०७० को दशक बिदा हुँदै गर्दा देश अहिले गम्भीर आर्थिक संकटमा छ। देश २ खर्बभन्दा धेरै ऋणात्मक अवस्थामा छ। राजश्वभन्दा धेरै खर्च धेरै हुँदा वित्तीय संकट आउने चिन्ता बढेको छ।

यही चिन्ताबीच हामीमाझबाट २०७९ ले बिदा लिएको छ। निजी क्षेत्रको नेतृत्व गरिरहेको नेपाल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आउँदै गर्दा २०७९ को अन्तिम सूर्यास्त भइरहेको थियो।

देशको आर्थिक संकटलाई लिएर निजी क्षेत्र चिन्तित छ। सानादेखि ठूला व्यवसायमा संकट बढिरहेका बेला निजी क्षेत्रको नयाँ नेतृत्वप्रति व्यवसायीहरु आशावादी बनेका छन्।

नेपालखबरकर्मीले टेकु दोभानमा पुगेर कैद गरेको अन्तिम सूर्यास्तका दृश्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .