ad ad

कारोबार


नयाँ वर्षमा आईएमई पेले ल्यायो सय प्रतिशत खुशी अफर

नयाँ वर्षमा आईएमई पेले ल्यायो सय प्रतिशत खुशी अफर

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १८:५२, काठमाडौँ

आईएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे ले नयाँ वर्षमा ‘आइएमई पेसँग २०८०, १०० प्रतिशत खुशी’ नामक अफर सार्वजनिक गरेको छ।

२०८० वैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ।

ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .