फोटोफिचर


सिंहदरबारअगाडि उत्रिए मिटरब्याजीपीडित (तस्बिरहरु)


सरोज बैजु
चैत २४, २०७९ शुक्रबार १५:२२, काठमाडौँ

मधेश प्रदेशबाट आएको मिटरब्याजीपीडितहरुको एउटा समूहसँग सरकारले सहमति गरेलगत्तै अर्को समूह पनि आन्दोलनमा उत्रिएको छ।

मिटर ब्याजीपीडितहरुको अर्को समूहले शुक्रबार सिंहदरबारको मूलगेटअगाडि प्रदर्शन गरेका हुन्। सरकारले निषेधित क्षेत्र तोकेको स्थानमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। 

थापाथली हुँदै अघि बढेका मिटरब्याजीपीडितहरु माइतीघरमण्डलबाट भद्रकालीसम्म नारा लगाउँदै पुगेका थिए। त्यहाँबाट सिंहदरबार अगाडि जान खोज्दा प्रहरीले उनीहरुलाई धरपकड गरेको छ। 

सरकारले मिटरब्याजीहरुमाथि कारबाही गर्न तयार नभएको र सहमति पनि कार्यान्वयन नहुने खालको रहेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .