पछिल्लो समय एकै व्यक्तिलाई १० भन्दा धेरै लघुवित्तले ऋण दिएर उठीबास लगाएको चर्चाबीच आन्दोलन उठ्न थालेको छ।
देशका विभिन्ज जिल्लामा चलिरहेको लघुवित्तहरुविरुद्धको आन्दोलन अब विस्तारै संघीय राजधानी केन्द्रित भएको छ।
मंगलबार काठमाडौंको माइतीघर मण्डलक्षेत्रलाई घेरेर हजारौँ लघुवित्तपीडितहरुले आन्दोलन गरेका छन्।
देशका विभिन्न जिल्लाबाट खाली खुट्टै र चप्पल लगाएर काठमाडौं आइपुगेकाले प्लेकार्ड र ब्यानरसहित सडकमा नारा लगाए।
उनीहरुले संघीय सरकारको ध्यान तान्न आफूहरु काठमाडौं आइपुगेको पनि पनि बताएका छन्।
विभिन्न जिल्लाबाट आन्दोलनमा आएकाहरुले कसैले काखी बालबच्चा च्यापेका देखिन्थे भने कसैले काँधमा बोकेका थिए। कसैले लुगाफाटोका पोका नै बोकेर काठमाडौं टेकेका थिए।
उनीहरुले लघुवित्ताहरुलाई नवसामन्ती भन्दै खारेजी माग गरेका छन्। लघुवित्तहरुले लगाएको ऋण पनि सामूहिक रुपमा मिनाहा गरिनुपर्ने माग उनीहरुको छ।
Shares
प्रतिक्रिया