काठमाडौं उपत्यकामा आवश्यक सबै ठाउँमा आकाशे पुल छैन। आकाशे पुल भएका ठाउँमा पनि कतिपय व्यक्तिहरु पुलमाथि चढ्न झन्झट मानेर तलैबाट बाटो काटिरहेका भेटिन्छन्।
उपत्यकाका विभिन्न स्थानका सडकमा पुग्दा सर्वसाधारण निकै असुरक्षित ढंगबाट बाटो काटिरहेका थिए। यसरी बाटो काट्नेहरु स–साना बालबालिकादेखि बयस्कसम्म देखिन्थे।
खासगरी रिङरोडको धेरै स्थानमा असुरक्षित ढंगले बाटो काटिरहेको भेटिन्छ। आकाशे पुल नहुँदा जेब्राक्रसिङको अभावमा सडकका डिभाइडरसमेत नाघेर सर्वसाधारण बाटो काटिरहेका हुन्छन्।
फराकिलो र एकतर्फी सडकमा गाडी तीब्रगतिमा हुइँकिरहेका बेला बाटो काट्दा दुर्घटनाको सम्भावनासमेत उत्तिकै देखिन्छ।
माघ २३, २०७९, साेमबार
प्रतिक्रिया