प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन करिब २ साता मात्रै बाँकी रहँदा बिहीबारदेखि ठूला चुनावी सभा सुरु भएका छन्।
निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म ठूला चुनावी सभा गर्न दलहरुलाई समय दिएको छ।
उम्मेदवारहरु घरदैलोमा लागिरहँदा दलका शीर्ष नेताहरु ठूला चुनावी सभामा जुटिसकेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरे।
उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्दैछन्।
दलहरुलाई चुनाव लागिरहेका बेला तिनका झण्डा बनाउनेहरुलाई पनि भ्याइनभ्याइ भएको छ।
यतिबेला राजधानीका बागबजा र पुतलीसडकसहितका क्षेत्रमा दलका झण्डा र ब्यानर बनाउने पेन्टरदेखि प्रेससम्म व्यस्त छन्।
बिहीबार नेपालखबरकर्मी बागबजार पुग्दा धमाधम दलका झण्डा बनिरहेका थिए। यी झण्डा अब काठमाडौंसँग देशभर पुग्नेछन्।
Shares
प्रतिक्रिया