फोटोफिचर


पोखराको आकाशमा फेरि उड्न थाल्यो हट एयर बेलुन (फोटोफिचर)


सरोज बैजु
कात्तिक ५, २०७९ शनिबार ८:३६, पोखरा

कोभिड-१९ महामारीका कारण रोकिएको हट एयर बेलुन पोखराको आकाशमा देखिन थालेको छ।

हट एयर बेलुन उडाउन त्यसका पाइलट तोमस ओलेभसोनस नेपाल आइसकेका छन्। उनी लिथुवानियाका नागरिक हुन्।

नेपालमा हट एयरको पाइलट नभएकाले युरोपबाट पाइलट बोलाउने गरिएको छ। 

बेलुनमा एक पटकमा १० जनासम्म राखेर उडान भर्ने गरिन्छ। उडान अवधि ३० देखि ४० मिनेटको हुन्छ।

यसका लागि नेपालीलाई ८ हजार र विदेशीलाई एक सय डलर शुल्क तोकिएको छ। 

पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु भएको बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले बताए। तर कोभिड महामारीका कारण उडान बन्द गरिएको थियो।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडाउने गरिएको छ। बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ। 

बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ। तातो हावाले बेलुनको उचाइ लिएपछि हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन्।

यसमा समुद्री सतहबाट करिब चार हजार मिटर उचाइसम्म उड्न सकिन्छ। यसबाट पोखरा र आसपासका हिमशृङ्खला हेर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad