फोटोफिचर


जनयुद्धका लडाकु बालकृष्ण बाथरुममा बिते (तस्बिरहरु)


सरोज बैजु
असोज २२, २०७९ शनिबार १६:४९, काठमाडौँ

माओवादीले १० वर्षसम्म चलाएको जनयुद्ध लडेका एकजना नेता बालकृष्ण ढुंगेलको बाथरुममा लडेर निधन भएको छ।

पछिल्लो समय नेकपा एमाले रहेर पोलिटब्युरो सदस्यसमेत बनेका उनको काठमाडौंको गोठाटारस्थित घरको बाथरुममा लडेर निधन भएको हो।

उनको शवलाई अहिले गोठाटारबाट प्रहरीले निकालेर पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ। 

माओवादीले चलाएको जनयुद्धका क्रममा ओखलढुंगाकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेर शान्ति प्रक्रियापछि जेल जीवनसमेत बिताएका उनी पछिल्लो समय एमालेमा थिए।

ढुंगेल माओवादीका तर्फबाट ०६४ मा ओखलढुंगाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। उनले मिर्गौला फेलसहित मुटुको समेत समस्या झेलिरहेका थिए।

२०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट निर्वाचित उनी तत्कालीन नेकपा भंग हुँदा माओवादी छाडेर एमालेमै रहेका थिए।

उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो। जिल्लाको फैसला सदर गर्दै सर्वोच्चले सुनाएको उक्त फैसलाका कारण उनी जेल पुगेका थिए।

तर उनले २०७४ मा आममाफी पाउँदै जेलबाट छुटेका थिए। उनी आफूलाई जेल हालिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै चासो नदिएको भन्दै रुष्ट थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad