चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौं आइपुगेका छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङपछि तेस्रो वरीयताका नेता हुन्।
करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा सभामुख अग्नि सापकोटाले स्वागत गरे।
सभामुख सापकोटाले स्वागत गर्दा सुरुमा दुवैजनाले उभिएर अभिवादन गरे। त्यसपछि नेपालीहरुले अरुलाई शिष्टताका लागि गर्दै आएको नमस्ते गर्न पनि नेता लीले भ्याए।
सभामुख सापकोटासँगै उभिएर फोटो पत्रकारहरुतिर फर्किँदै नमस्ते गरेका उनीहरु त्यहाँबाट होटल सोल्टीतिर लागेका छन्।
चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।
नेता ली नेपालमा तीन दिनसम्म रहनेछन्। उनले त्यसक्रममा प्रधानमन्त्री, राष्ट्रपति, प्रतिपक्षी दलका नेता र संसदमा प्रमुखहरुसँग संवाद गर्ने भएका छन्।
Shares
प्रतिक्रिया