पछिल्लो समय काठमाडौं महानगरपालिकासहित फुटपाथ र सडक छेउछाउ व्यापार गर्नेहरुमाथि धरपकड बढाएपछि आन्दोलन सुरु भएको छ।
सडक स्वरोजगार व्यावसायीहरुले काठमाडौं महानगरपालिकाले आफूहरुमाथि ज्यादति गरेको भन्दै शुक्रबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरे।
राष्ट्रवादी स्वरोजगार व्यावसायी महासंघको नेतृत्वमा माइतीघरको सडकमा उत्रिएका उनीहरुले गरिखान दे, धरपकड बन्द गर, स्वदेशमै रोजगारी ग्यारेन्टी गर् जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।
यसअघि उनीहरुले आफूहरूलाई गरिखान दिनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाको कार्यालय पनि घेरिसकेका छन्।
180
Shares
प्रतिक्रिया