काठमाडौं महानगरपालिकाले रत्नपार्कनजिकैको सब-वेसँगै बनेका अवैध संरचना भत्काएको छ।
महानगरपालिकाका नगर प्रहरीले सब-वे वरपर बनेका संरचना भत्काएसँगै त्यहाँ बसेका व्यापारीलाई पनि हटाइँदैछ।
महानगरपालिकाले सब-वेभित्र अवैध रुपमा व्यापार व्यावसाय गर्दै आएकाहरुलाई आफैं हटेर जान भनेको छ।
सब-वेभित्र महानगरले अनुमति दिएका ८ वटाबाहेक अन्य अनधिकृत पसललाई हट्न भनिएको छ।
यदि आइतवार साँझसम्म नहटेमा महानगरले नगर प्रहरी लगाएर त्यहाँबाट उनीहरुलाई निकाल्ने जनाएको छ।
महानगरको चेतावनीसँगै सब-वे अनधिकृत रुपमा कब्जा गरेर बसेका व्यापारीहरुले बेच्न राखिएका सामान कुम्लो पारेर हिँड्न थालेका छन्।
उनीहरुले त्यहाँ रेडिमेड कपडा, घडी, रेडियो, मोबाइल र किराना पसल पनि चलाएका थिए। ती सबै पसल त्यहाँबाट महानगरले हटाउने भएको हो।
तर केही व्यापारीहरुले आफूहरुलाई समय नै नदिइ सब-वेमा डोजर चलाइएको गुनासो गरेका छन्। उनीहरुले केही महिना समय दिएको भए अन्त विकल्प खोजेर जाने बताएका थिए।
तर महानगरले आइतवार अचानक आएर डोजर चलाउँदै तत्काल हटेर जान भनेपछि आफूहरु सडकमै झर्नुपर्ने बाध्यतामा पुगेको गुनासो उनीहरुले गरेका छन्।

















Shares

प्रतिक्रिया