अहिले रोपाइँको सिजन छ। किसानका लागि यो समय ‘मानो रोपेर मुरी उब्जाउने’ हो।
अहिले समयमै पानी परेकाले देशैभर किसानले धान रोपाइँ सुरु पनि गरिसकेका छन्।
तर, नेपाली किसानले हरेक वर्ष खेतीको समयले मल–बीउकै समस्या झेल्नुपर्ने नियति नै बनेको छ। झन् यसपाली त पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिले किसानको ढाड सेकेको छ।
धेरैजसो ठाउँमा सिँचाइ सुविधा छैन। किसानले बोरिङ चलाएर सिंचाई गर्नुपर्छ। हिलोमा पस्ने बेलामा डिजेलमा एकैचोटी गरिएको २७ रुपैयाँले बढोत्तरीले अब खेत कसरी हिल्याउने र रोपाइँ गर्ने भन्ने चिन्ता थपिएको छ।
यिनै समस्याका कारण खेती गर्ने समयमा किसान सडक प्रदर्शनमा उत्रिएका छ।
बुधबार संयुक्त किसान आन्दोलनको ब्यानरमा विभिन्न किसान संघ संगठनहरु मल बीउको उचित व्यवस्था तथा मूल्य वृद्धिविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गरेका छन्।
प्रतिक्रिया