ad ad

फोटोफिचर


सौराहामा धमाधम सजाइँदै एमालेको बन्दसत्र हुने ठाउँ (फोटो फिचर)


विक्रम राई
मंसिर ९, २०७८ बिहिबार ११:१०, काठमाडौँ

नेकपा एमालेले दसौँ महाधिवेशनको बन्दसत्र गर्ने भएपछि अहिले चितवनको सौराहामा भ्याइ नभ्याइ छ।

शुक्रबार नारायणी नदी किनारमा महाधिवेशन उद्घाटनपछि कम्तीमा तीन दिनसम्म २३ सय भन्दा धेरै नेता कार्यकर्ताको बास सौराहामा हुनेछ।

त्यसकै लागि अहिले सौराहाको चर्चित सेभेनस्टार होटल आसपासको क्षेत्रलाई धमाधम सजाइँदैछ।

सेभेनस्टर होटल परिसरमा धमाधम बन्दसत्र हुने हललाई सजाउने काम भइरहेको छ। अर्कातिर उक्त होटल बाहिरको क्षेत्रमा ललितकलाका विद्यार्थीसहित कलाकारहरुले वाल पेन्टिङ गरिरहेका छन्। 

त्यस्तै बन्दसत्र स्थल जाने बाटोमा एमाले र कम्युनिष्ट पार्टीका झण्डा फहराउन थालिएको छ। नारायणगढमा शुक्रबार उद्घाटन सकिएपछि नेता कार्यकर्ता त्यही दिन सौराहा जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .