ad ad

फोटोफिचर


बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (फोटो फिचर)


विक्रम राई
कात्तिक ७, २०७८ आइतबार १४:२९, काठमाडौँ

आज देशभरका पाँच वर्षमुनीका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने सरकारले जनाएको छ। त्यसका लागि देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ।

स्थानीय पालिकाहरुले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई अनुरोध गरेको छ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ।

काठमाडौंका विभिन्न स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ​गरेका तस्बिरहरु-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .