छापा खबर


राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड

राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड

नेपालखबर
असोज २८, २०७६ मंगलबार ०:३४,

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले सोमबार दिउँसो जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्।

उनले बुद्ध एयरको काउन्टर र विशिष्ट पाहुना कक्षको टेबल तोडफोड गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा मिथिलेश यादव र मीनराज भण्डारी मिलेर लेखेका छन्।

जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरअको ५१० एटीअवार ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए।

‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तिपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad