छापा खबर


उपत्यकाको खानेपानीलाई १ अर्बभन्दा बढी चिनियाँ सहयोग

उपत्यकाको खानेपानीलाई १ अर्बभन्दा बढी चिनियाँ सहयोग

नेपालखबर
असोज २७, २०७६ सोमबार १:१२,

चीन सरकारले काठमाडौं चक्रपथ बाहिरको खानेपानी उत्पादन तथा वितरण प्रणाली सुधारका लागि १ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।

उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाका अनुसार चन्द्रागिरिदेखि गोदावरी क्षेत्रभित्र चट्टानमुनिको पानीको सम्भाव्यता अध्ययन, फर्पिङ डिप ट्युबबेल खनेर भैंसेपाटी क्षेत्रमा २ करोड क्षमताको पानी प्रशोधन केन्द्र निर्माण र उपत्यकाका विभिन्न स्थानमा वितरण प्रणाली सुधार ल्याउन पानी एटीएम जडानका लागि चिनियाँ सहयोग आउने भएको छ। यो खबर आजको कान्तिपुरले लेखेको छ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीमा समेत उपत्यकामा चिनियाँ सहयोगको महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनको विषय समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad