छापा खबर


जे नहोस् भन्ने चाहना थियो त्यही भयो, सीको भ्रमण प्रभावित हुने खतरा!

जे नहोस् भन्ने चाहना थियो त्यही भयो, सीको भ्रमण प्रभावित हुने खतरा!

नेपालखबर
असोज १५, २०७६ बुधबार ३:१६,

चीनबाट २३ वर्षपछि राष्ट्रपति आउँदै हुनुहुन्छ, यस्तो बेला जे नहोस् भन्ने चाहना थियो, आखिर त्यही भएर छाड्यो।

समयमै यो समस्या समाधान गर्न सकिएन भने भ्रमणमै असर पर्ने पक्का छ।

बौद्ध जहाँ तिब्बती शरणार्थीको ठूलो उपस्थिति छ। त्यहीं स्वतन्त्र तिब्बतको मागसहित आत्मदाह गर्नेसम्मका काम हुने गरेका छन्।

पहिला त्यहींको जोरपाटी क्षेत्रमा खम्पा विद्रोहीहरूको क्याम्प थियो। जर्मनहरूले कार्पेट व्यवसायमा सहयोग गरेर उनीहरूलाई रातारात अर्बपतिसम्म बनाइदिएकै हुन्।

त्यहीं अहिले विभिन्न संघसंस्थाबीच भिडन्तको अवस्था सिर्जिएको छ। शनिबार दलाई लामा पक्षधर र स्वतन्त्र तिब्बतलाई हाम्रो देशले चिन्दैन भन्ने पक्षबीच दोहोरो भिडन्तै भयो।

अहिले बौद्धनाथ केन्द्रित स्वतन्त्र तिब्बत गतिविधिमा भूपतिबज्र लामा बाधक भएपछि सी चिनफिङ आउने मुखमा धमिलो पानीमा माछा मार्न लागिएको आरोप छ।यो खबर आज असोज १५ गतेको जनआस्था साप्ताहिकले छापेको छ।

यस्ता मामिलामा चीन निकै संवेदनशील रहन्छ। झट्ट हेर्दा बौद्धको घटना सानोजस्तो देखिए पनि यही कुरा चर्किंदा चिनियाँ राष्ट्रपतिको भ्रमण प्रभावित भयो भने के हुन्छ? सरकार गम्भीर हुने बेला भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad