छापा खबर


जब ओली र प्रचण्डले महरा एक्ली महिलाको कोठामा जाँदै गरेको सिसिटिभी फुटेजमा देखे...

जब ओली र प्रचण्डले महरा एक्ली महिलाको कोठामा जाँदै गरेको सिसिटिभी फुटेजमा देखे...

नेपालखबर
असोज १५, २०७६ बुधबार १:१२,

महिलामाथि यौन दुव्र्यवहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

संसदमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लागएपछि नेकपाले नै उनलाई सभामुख र संसद दुबैबाट राजीनामा दिन लगाएको थियो।

मंगलबार बिहान बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

आजको नागरिक दैनिकमा टपेन्द्र कार्की र ईश्वरी सुवेदीले लेखेको समाचार अनुसार सचिवालय बैठकअघि प्रधानमन्त्री केपी ओलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएका थिए।

खनालसँग ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठामा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका थिए।

सो फुटेज प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपाकै चौथो वरियताका नेता माधवकुमार नेपालले समेत हेरेपछि प्रधानमन्त्री निवासमै महरालाई बोलाएर छलफल गरेका थिए।

महराले रोशनीकोमा आफू गएको स्वीकार गरेकाले राजीनामा गर्न ओली, दाहाल र नेपालले सुझाब एिका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad