छापा खबर


महरा प्रकरण : के भएको थियो आइतबार राति?

महरा प्रकरण : के भएको थियो आइतबार राति?

नेपालखबर
असोज १५, २०७६ बुधबार ०:४६,

आइतबार राति ९ बजेर ३ मिनेटमा रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०० मा तीनकुने क्षेत्रबाट फोन आएको थियो।

एउटी महिलाले आफूमाथि सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यहार भएको बताएपछि कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरमा घटनाबारे जानकारी गराएको थियो।

वृत्तका डीएसपी दुर्गा रेग्मीको टोली ९ बजेर १९ मिनेटमा ती महिलाको तीनकुनेस्थित कोठामै पुगेको थियो। प्रहरीका अनुसार डीएसपी रेग्मीको टोली कोठामा पुग्दा ती महिलाले मादक पदार्थ सेवन गरेकी थिइन्। प्रहरीसँग महिलाले आफूमाथि यौन दुव्र्यवहार भएको बताए पनि स्वास्थ्य परीक्षण अस्वीकार गरेकी थिइन्।

पीडितले आफूले भोलि आएर उजुरी दिने बताएपछि प्रहरी टोली कोठाभित्रको फोटो र भिडियो खिचेर फर्किएको थियो। प्रहरीले मंगलबार कोठाबाट सभामुख महराले पिएको भनिएको मदिरा, प्लेटमा स्न्याक्स, महराको भनिएको चस्माको भाग र जुत्ताको तलुवा लिएर आएको छ।

घटनाबारे आइतबार राति महानगरीय प्रहरी कार्यालय हुँदै प्रधान कार्यालय र गृहमन्त्री रामबहादुर थापासम्मलाई जानकारी गराएको थियो। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटा र मातृका दाहाल मिलेर लेखेका छन्।

सोमबार बिहान ७ बजे नै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री थापालाई भेटेका थिए। त्यसपछि महानिरीक्षक खनालको निर्देशनमा प्रहरीले घटनाको प्राविधिक पक्षको अनुसन्धान थालेको थियो। प्रहरीले सोमबार नै महिलाको कल डिटेल्स संकलन गरिसकेको छ।

त्यसको अध्ययनबाट सभामुख महरा र महिलाबीच विगतमा के कस्ता विषयमा कसरी कुरा भएका थिए, घटनाअघि के कस्ता विषयमा कुरा भएका थिए भन्ने निष्कर्षमा पुग्ने प्रहरीको योजना थियो।

मंगलबार बिहान प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहान साढे ९ बजेतिर घरमै पुगेर भेट्दा ती महिलाले आफ्ना श्रीमान् पोखरा भएको र उनी आएपछि मात्रै लिखित उजुरी दिने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad