छापा खबर


अब यसरी चयन हुन्छन् नयाँ सभामुख

अब यसरी चयन हुन्छन् नयाँ सभामुख

नेपालखबर
असोज १५, २०७६ बुधबार ०:५५,

महिला माथि यौन दुव्र्यबहार गरेको आरोपपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्।

महराले राजीनामा दिएपछि नयाँ सभामुखको चर्चा सुरु भएको खबर आजको नागरिक दैनिकले छापेको छ।

संविधानको धारा ९१ (३) मा ‘प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधिसभाका सदस्यहरुले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नेछन्’ भन्ने उल्लेख छ।

सोही धाराको (६) मा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त सम्बन्धी व्यवस्था छ।

उक्त व्यवस्था अनुसार प्रतिनिधिसभाको सदस्य नरहेमा, लिखित राजीनामा दिएमा, पदअनुकूल आचरण गररेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad