छापा खबर


जापानद्वारा एकहजार नेपाली कामदारको आवेदन खुला

जापानद्वारा एकहजार नेपाली कामदारको आवेदन खुला

नेपालखबर
असोज १५, २०७६ बुधबार ०:२८,

जापानले पहिलो चरणमा नेपालबाट एक हजार केयरभिगरको लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित एक हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको खबर आजको काराेबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले एक हजारमात्र नेपालीलाई केयरभिगरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौँस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरिएको बताए।

जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउँदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा एक हजारभन्दा बढी युवा लैजाने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad