छापा खबर


देउवालाई होच्याएर बोलेपछि राष्ट्रपतिलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो

देउवालाई होच्याएर बोलेपछि राष्ट्रपतिलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो

नेपालखबर
असोज ५, २०७६ आइतबार १:३७,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन पढ्न आग्रह गरेका छन्।

एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई होच्याएर बोलेपछि राष्ट्रपति भण्डारीको आलोचना भएको छ। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान क्रममा शनिबार इलाम पुगेका प्रवक्ता शर्माले भने, ‘राष्ट्रपति भण्डारीले आफूले के बोल्ने, के नबोल्ने भन्ने बारेमा ज्ञान छैन भने उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग गएर ट्युसन लिए हुन्छ।’

‘कम्युनिस्ट नेताको बोली जनताले बुझे तर कर्म बुझेनन्, कांग्रेस नेताको बोली बुझेनन् तर कर्म बुझे,’ नेता शर्माले भने, ‘बोली बुझिने चार जना कम्युनिस्ट नेताको नेतृत्वमा सरकार बन्यो तर देशले संविधान पाएन, तर बोली नबुझिनिे कांग्रेस नेताको नेतृत्वमा सरकार बन्यो र देशले संविधान पायो, अनि शान्तिपूर्ण ढंगबाट देशमा तीनै तहका निर्वाचनसमेत भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad