गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ।
३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २ उपरीक्षक (एसपी)सहित ३ हजार पाँच यस ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पेस गरिएको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।
गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेको उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरेका छन्।
अब बस्ने मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए।
प्राविधिक र गैरप्राविधिक तर्फ प्रहरीमा हाल ७५ हार ९ सय २७ को दरबन्दी छ। तर, करिब ४ हजारको पदपूर्ति हुन सकेको छैन।

प्रतिक्रिया