छापा खबर


नेपालमा हुने साग तयारीको बाटो खुल्यो

नेपालमा हुने साग तयारीको बाटो खुल्यो

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १:१९,

१५ मंसिरबाट नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितचा (साग)को तयारी गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सहज भएको छ।

मन्त्रिपरिषद्ले साग तयारी कार्यविधि पारित गरेसँगै १३औं साग तयारीको बाटो खुला भएको हो। यो खबर आजको नयाँ पत्रिकामा प्रकाश कँडेलले लेखेका हुन्।

कार्यविधि पारित भएसँगै परिषद्लाई विभिन्न समिति गठन गर्न सहज भएको छ।

सागको उद्घाटन र समापनस्थलका रूपमा रहेको दशरथ रंगशालाको कुर्सी र भीआईपीर्फका छत आउने क्रममा छ। रंगशालाका लागि आवश्यक कुर्सी कोलकातामा आइपुगेको छ।

रंगशालाका छत पनि चीनबाट छुटिसकेको परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिनाले बताए। तिम्सिनाले भने, ‘हामीले कुनै पनि हालतमा १५ कात्तिकभित्र रंगशाला तयार गर्नुपर्छ। त्यसका लागि सामान निर्माणस्थलबाट सिफ्टेड भइसकेका छन्। चीनले सिपमार्फत भीआईपीको छाना पनि पठाइसकेको छ। त्यसैले अब केही सातामै समान आइपुग्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad