छापा खबर

शान्ति सेनामा जाने सैनिकको मासिक तलब १ लाख २७ हजार पुग्याे

नेपालखबर
असोज १, २०७६ बुधबार १:०,

नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ।

तल्ला तहका सिपाहीसहित अधिकृतहरुबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाई गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता वढाउने निर्णय गरेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

अब प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप हुने छ।

यसअघि प्रतिमहिना एक हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन्।

सो रकम नेपाली रुपैयाँ एक लाख २७ हजार बराबर हुन आउँछ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बढेको भत्ता १४ असोजदेखि लागू हुने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad