ad ad

छापा खबर


राष्ट्रिय गौरवका आयोजनाः कुन आयोजनाको प्रगति कति?

राष्ट्रिय गौरवका आयोजनाः कुन आयोजनाको प्रगति कति?

नेपालखबर
भदौ ३०, २०७६ सोमबार २:७,

देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने अधिकांश राष्ट्रिय गौरबमा आयोजनाको प्रगति ५० प्रतिशत भन्दा कम छ।

गौरबका २१ आयोजनामध्ये सबैभन्दा राम्रो प्रगति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प कोइराला र जीवन बस्नेतले लेखेका छन्।

सन् २०१४ मा थालिएको यो आयोजना २०१७ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, पछिल्लो संशोधित अनुमानअनुसार सन् २०१९ भित्रमा सम्पन्न गरिनेछ । सुरुमा ६ अर्ब २२ करोड खर्च हुने अनुमान गरिएको थियो । पछि अनुमानित बजेट ६ अर्ब ८२ करोड पुर्‍याइएको छ ।

फास्ट ट्रयाकः १२ वर्षमा आठ प्रतिशत मात्र काम भएको छ। अब साढे तीन वर्षमा सक्ने सेनाको दाबी छ।

मध्यपहाडी राजमार्गः १५ वर्षमा सक्नुपर्ने आयोजना १२ वर्षमा ४८ प्रतिशत मात्रै काम भएको छ।

०६४÷६५ मा थालिएको मध्यपहाडी लोकमार्गको काम ४८५ सकिएको छ । ८४ अर्ब ४३ करोड लागत प्रक्षेपण गरिएको आयोजनामा अहिलेसम्म ३९ अर्ब ९१ करोड खर्च भइसकेको छ।

पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म १८७९ किमिको आयोजनामा हालसम्म ८०२ किमि कालोपत्रे गरिएको छ । त्यस्तै, ९९ किमि ग्राभेल गरिएको छ । आयोजना ०७८र७९ मा सक्ने लक्ष्य छ ।

हुलाकी राजमार्गः १७९२ किमिको हुलाकी राजमार्ग ५९५ किमि मात्रै निर्माण भएको छ।

१७९२ किमि लम्बाइको हुलाकी राजमार्ग अहिलेसम्म २७० किमि कालोपत्रे र ३२५ किमि ग्राभेल गरिएको छ । निर्माण गर्नुपर्ने दुई सय १९ वटा पुलमध्ये ८१ बनिसकेका छन्।

आव ०६६÷६७ मा थालिएको आयोजना ०७९÷८० मा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । आयोजनाको कुल लागत ६५ अर्ब २० करोड अनुमान गरिएको छ । हालसम्म २७ अर्ब ५३ करोड ५७ लाख खर्च भइसकेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः तीन वर्षभित्र सक्ने लक्ष्य छ। तर अहिलेसम्म ४२ प्रतिशत मात्रै निर्माण सकिएको छ।

रेल, मेट्रोरेल र मोनोरेलः आयोजना सुरु भएको १० वर्ष भयो। सम्पन्न मिति र बजेट अझै टुंगो छैन। ०६६–६७ देखि थालिएको रेल, मेट्रोरेल र मोनोरेल विकास आयोजना कहिले सम्पन्न हुने भन्ने अझै टुंगो छैन ।

मेलम्ची खानेपानीः १८ वर्षअघि सुरु भएको मेलम्चीको ९० प्रतिशत काम सम्पन्न भएको छ। तर कहिले सकिने टुंगो छैन।

गत मंसिरमा इटालियन कम्पनीले काम छोडेर हिँडेपछि आयोजना ठप्प थियो । हाल चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी रहेको हेडबक्स निर्माण र सुरुङ फिनिसिङ १५ महिनामा सक्ने गरी ठेक्का लिएको छ । अहिलेसम्म आयोजनामा ४२ अर्ब ५४ करोडभन्दा बढी खर्च भइसकेको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनाः निर्माण थालिएको ठूलो जलविद्युत् आयोजना आठ वर्षदेखि अन्योलमा छ।

सरकारले ०६८ मै बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन पहल गरे पनि अहिलेसम्म मोडालिटीसमेत तय हुन सकेको छैन । ०७१ मा १२ सय मेगावाट क्षमताको आयोजना निर्माण गर्ने गरी डिपिआर तयार गरियो।

त्यसको लागत दुई खर्ब ५९ अर्ब अनुमान गरिएको थियो । त्यसयता जग्गा अधिग्रहण र मुआब्जा वितरणको काममा सामान्य प्रगति मात्र भएको छ । अहिलेसम्म २८ अर्ब खर्च भइसकेको छ।

कोसी करिडोर
कोसी करिडोरको कुल लम्बाइ तीन सय ९० किलोमिटर छ । यस करिडोरले भारतको जोगबनीदेखि किमाथांका र चीनको सीमासम्म जोड्छ। आर्थिक वर्ष ०६५–६६ देखि थालिएको यो आयोजना सम्पन्न हुने मिति तोकिएको छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .