ad ad

समाज


अझै दुई/तीन दिन वर्षा जारी रहने, आज कता-कता पर्ला पानी?

अझै दुई/तीन दिन वर्षा जारी रहने, आज कता-कता पर्ला पानी?

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १:५०,

आज (सोमबार) पनि देशभर मौसम बदली भई विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) हाल देशभरि आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिम तथा पूर्वका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

अहिले पश्चिमका जुम्ला, लमजुङ, कास्कीलगायत, मध्य क्षेत्रका मकवानपुर, चितवनलगायत र पूर्वका मोरङ, इलाम, झापालगायत जिल्लामा हल्का पानी परिरहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ। साथै पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि देशभर बदली भई केही स्थानमा वर्षा जारी रहनेछ भने पूर्व र मध्य क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

मौसम महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानआसपास छ भने पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ छ। साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली पनि छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको छ। यसैको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको महाशाखाले जनाएको छ।

‘यो क्रम अझै दुई/तीन जारी रहने देखिन्छ,’ नेपालखबरसँग मौसमविद् बासीले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .