ad ad

छापा खबर


जसले चिनाए नेपाली फुटबल

जसले चिनाए नेपाली फुटबल

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ०:४४,

सन् ८० को दशकसम्म नेपाली फुटबल टिमलाई देश बाहिर खेल्दा के कस्तो हुन्छ भन्ने पटक्कै थाहा थिएन। ‘कुवाको भ्यागुतो’जस्तो अवस्थाको नेपाली फुटबललाई आधुनिकतातर्फ डो¥याउने श्रेय जान्छ, जर्मन प्रशिक्षक रुडी गुटनडर्फलाई।

आधुनिक नेपाली फुटबलका पिता यिनै गुटनडर्फको आइतबार ९३ वर्षको उमेरमा निधन भयो। नेपाली फुटबल जगतले उनको गुन कहिले बिर्सने छैन। यो खबर आजको कान्तिपुरमा हिमेशरत्न वज्राचार्यले लेखेका छन्।

सन् १९८२ मा भारतको नयाँदिल्लीले एसियाली खेलकुदको आयोजना गरेको थियो। त्यो नै नेपाल सहभागी पहिलो औपचारिक प्रतियोगिता हो। 

त्यसैका लागि भित्रिए गुटनडर्फ पनि। ‘आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने हामीले गुटनडर्फबाटै सिक्यौं। हामीले पहिलोपल्ट उहाँकै मुखबाट सुनको थियौं, अभोरल्याप,’ त्यो समयका नाम कहलिएका खेलाडी धीरेन्द्र प्रधान भन्छन्, ‘त्यो अगाडिसम्म डिफेन्डरको काम पेनाल्टी एरियाकै वरिपरि मात्र हुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .