नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोकोहरामले आक्रमण सुरु गरेयता हालमसमम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन्।
अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आईसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूचीमा सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ। यो खबर आजको गोरखापत्रले छापेको छम।
आईसीआरसीका अध्यक्ष पिटर माउरर हाल पाँच दिवसी भ्रमणका सिलसिलामा नाइरेइजेरियामा छन्।
बेपत्ता भएकाहरूमा झन्डै ६० प्रतिशत बालबालिका छन्। माउररले हजारौं अभिभावक आफ्ना बालबालिका अझै पनि घर फर्किने आशामा रहेको बताए।

प्रतिक्रिया