ad ad

छापा खबर


सामाजिक सुरक्षा कोषमा ५० हजार श्रमिक सूचीकृत, यी हुन् सूचीकरण हुने ठूला उद्योग

सामाजिक सुरक्षा कोषमा ५० हजार श्रमिक सूचीकृत, यी हुन् सूचीकरण हुने ठूला उद्योग

नेपालखबर
भदौ २६, २०७६ बिहिबार २:५२,

सामाजिक सुरक्षाकोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको सामाजिक सुरक्षा कोषले जनाएको छ।

बुधबारसम्मको तथ्यांकमा ४ हजार ७९० संघरप्रतिष्ठान तथा संस्थाका कुल ५० हजार १४० जना श्रमिक सचूीकतृ भएका कोषका कायर्कारी निदर्शेक कपिल ज्ञवालीले जानकारी दिए।

यो खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

कोषका अनुसार अहिलेसम्म सूचीकृत हुने रोजगारदाता कम्पनीमा मुलुकका ठूला व्यावसायिक घरानाअघि देखिएका छन् । अहिलेसम्म सानालगानीकर्ताले भने विभिन्न बहानामा अटेरी गरिरहेको पाइएको छ।

सरकारले सूचीकरणमा आउन आह्वान गरेलगत्तै कोषमा सूचीकरणगराउने ठूला उद्योग/प्रतिष्ठान तथा कर्पोरेट हाउसमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम् सिमेन्ट, युनिलिभर, जिफोर एससहित ११७ वटा बहुराष्ट्रिय ठूला कम्पनी रहेका छन्।

यसैगरी, अहिलेसम्म नेपाल मेडिकल कलेज, किरण सुज (गोल्डस्टार), सोल्टी होटल,मेरियट होटल, शंकर ग्रुप, यति डिस्ट्रिलरी ट्रिनिटी कलेज, किस्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज (विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाई आउट सोसिङ गर्ने कम्पनी), दराज डटकमलगायतका कम्पनी पनि आबद्ध भएको कोषले जनाएको छ।

सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहजताका लागि कोषले कल सेन्टर स्थापना गर्ने पनि जनाएको छ।

कोषका कार्यकारी निर्देशक ज्ञवालीले सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिँदै गर्दा आबद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य रूपमा बढ्दै गएको बताए ।उनले बुधबार दिउँसोसम्म सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .