छापा खबर


५२ वर्षका अक्षय कुमार अहिले पनि उत्तिकै ‘फिट’ रहनुको रहस्य

५२ वर्षका अक्षय कुमार अहिले पनि उत्तिकै ‘फिट’ रहनुको रहस्य

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ३:१२,

अक्षय कुमार ५२ वर्षका भए। ९ सेप्टेम्बर १९६७ मा पन्जाबको अमृतसरमा उनको जन्म भएको थियो। तर, अक्षय कुमार अझै पनि २५ वर्षका जवानझैँ फिट देखिन्छन्।

उनीनिकटका व्यक्तिहरू कडा अनुशासन नै अक्षयको फिटनेस मन्त्र रहेको बताउँछन् ।

१३ वर्षदेखि अक्षय कुमारको बडीगार्ड रहेका श्री तेले भन्छन्, ‘अक्षय कुमारको फिटनेसको रहस्य नै उनको अनुशासन हो । उनी राति ९ बजेभित्र अनिवार्य रूपमा सुत्छन् र बिहान सबेरै उठ्छन् । साँझ ६ बजेअघि नै डिनर गरिसक्छन् । बिहान ४ बजे उठ्नेबित्तिकै अभ्यास गर्छन् ।’

 तेलेका अनुसार अक्षय कुमार सबैभन्दा पहिले स्टेयरकेस चलाउँछन् र त्यसपछि साइक्लिङ गर्छन् । यसबाहेक स्किपिङ, रनिङ र जिम पनि गर्छन् । बिहान ६ बजेदेखि सुटिङको काम सुरु गर्छन्। आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।

राति ५ बजेभित्र घर फर्किइसक्छन्। ‘आउटडोर सुटिङ हुँदा पनि उनले यस्तो बानी छाड्दैनन्,’ तेले भन्छन् । अभिनेत्री कियारा आडवाणीले अक्षय कुमारको जीवनशैली उत्कृष्ट र प्रेरणादायक रहेको बताइन्। ‘म कामना गर्छु, उनीजस्तै शक्ति मलाई पनि मिलोस् । उनको जीवनशैलीले उनको छालालाई चम्किलो र स्वस्थ्य राखेको छ । सबैले यस्तै जीवनशैली फलो गर्नुपर्छ,’ उनले भनिन्।

एक्सन निर्देशक श्याम कौशल भन्छन्, ‘अक्षय आजभन्दा २०-२५ वर्ष पहिले जति फिट थिए, आज पनि उस्तै छन् । त्यतिवेलादेखि अहिलेसम्म उनमा खासै फरक देखिएको छैन। चाहे उनको शरीरको लचकता होस् वा शारीरिक मुभमेन्टमाथिको कन्ट्रोलको कुरा होस् । मलाई लाग्छ यो सबैका लागि कठिन अनुशासन आवश्यक पर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad