छापा खबर


निजामती सेवामा सर्वोत्कृष्ट कर्मचारी नै भेटिएनन्

निजामती सेवामा सर्वोत्कृष्ट कर्मचारी नै भेटिएनन्

नेपालखबर
भदौ २३, २०७६ सोमबार १:३४,

सरकारले यस वर्षसमेत झन्डै ८० हजारको संख्यामा रहेका निजामती कर्मचारीभित्र एक जना पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन।

निजामती सेवा दिवसका आइतबार सरकारले १० जनालाई उत्कृष्ट सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरेपनि सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी भने भेटन नसकेको खबर आजको कातिपुर दैनिकले छापेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले अनुसार निजामती सेवाभित्रको सबभन्दा ठूलो पुरस्कार लगातार तेस्रो वर्ष कसैलाई पनि नदिइएको हो।

सर्वोत्कृष्ट सेवा पुरस्कारको राशी २ लाख रुपैयाँको छ। निजामती सेवाभित्र सर्वोत्कृष्ट काम गरेको एक जनालाई हरेक वर्ष सर्वोत्कृष्ट पुरस्कार दिने कानुनी व्यवस्था छ।

निजामती सेवाको स्तर वर्षेनि सुधार हुनुको सट्टा खस्कँदै गएकाले सर्वोत्कृष्ट कर्मचारी भेटन नसकिएको टिप्पणी उच्च सरकारी अधिकारीकै छ।

सरकारले २०७३ सालमा तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट सेवा पुरस्कार प्रदान गरेको थियो।

त्यसअघिका वर्षहरूमा तत्कालीन परीक्षा नियन्त्रक सहसचिव सूर्यप्रसाद गौतम एवं उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीलाई सर्वोत्कृट पुरस्कार प्रदान गरेको थियो। गौतम हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन्।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा निजामती सेवाभित्रका १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad