छापा खबर


चाडपर्वलाई लक्षित गरी ७० ठाउँमा सहुलियत पसल सञ्चालन, कुन सामानमा कति छुट?

चाडपर्वलाई लक्षित गरी ७० ठाउँमा सहुलियत पसल सञ्चालन, कुन सामानमा कति छुट?

नेपालखबर
भदौ २३, २०७६ सोमबार ०:१३,

चाडपर्वलार्य लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै बाहिरका विभिन्न स्थानमा सहुलियत दरका पसल सञ्चालन हुँदैछन्।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

उपत्यकासँगै मुलुकभरका ७० ठाउँमा सहुलियत पसल सञ्चालन हुनेछन्।

सहुलियत पसलमा नुनमा प्रतिकेजी २ रुपैयाँ, चिनीमा ५, मोटा चामलमा ५, मसिना चामलमा १०, ध्यूमा ५०, गेडागुडीमा १०, खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट हुनेछ।

त्यसैगरी अन्य उपभोग्य सामानमा पनि बजार मूल्यभन्दा सस्तो दरमा सामान उपलव्ध हुनेछ।

काठमाडौँको कालीमाटी, कोठेश्वर, टेकु, सिंगदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad