छापा खबर


अमेरिकाका ‘मोस्ट वान्टेड’ काठमाडौँबाट पक्राउ

अमेरिकाका ‘मोस्ट वान्टेड’ काठमाडौँबाट पक्राउ

नेपालखबर
भदौ २१, २०७६ शनिबार ०:२२,

अमेरिकमा अपराध गरेर लुक्न नेपाल आएका एक अमेरिकी नागरिक पक्राउ परेका छन्।

बाल यौन दुराचार मुद्दामा फरार नाथक माकोब्स्कीलाई बुधबार प्रहरीको विशेष ब्युरोले काठमाडौँबाट पक्राउ गरेको हो।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

चीन हुँदै नेपाल आएका ५९ वर्षीय नाथकका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले समेत रेड नोटिस जारी गरेको छ।

अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निस्कासनको प्रक्रिया अघि वढाएको छ।

अलास्कार राज्यका बासिन्दा उनले आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको मुद्दा उनीमाथि चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad