छापा खबर


ओलीले देलान् प्रचण्डलाई एकल अधिकार ?

ओलीले देलान् प्रचण्डलाई एकल अधिकार ?

नेपालखबर
भदौ २१, २०७६ शनिबार ०:९,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगे।

प्रधानमन्त्रीको स्वास्थ्य अबस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए।

विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रुपमा गर्दै आएको पार्टी काममको जिम्मेवारी दाहाललाई सुम्पेका थिए।

त्यही जिम्मेबारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे।

अब पार्टी कामको एकल जिम्मेबारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ? नेकपाका धेरै नेताहरु प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्वक नियालीरहेका छन्।

उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारतर्फ आफूले बढी ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालयमा राखेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

अब यसको व्यवहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारुढ वृत्तमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad