ad ad

छापा खबर


काबुलका नेपाली भन्छन् : आज झन् ठूलो हिंसा हुने कुरा छ, सरकार हामीलाई बचाऊ

काबुलका नेपाली भन्छन् : आज झन् ठूलो हिंसा हुने कुरा छ, सरकार हामीलाई बचाऊ

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार २:५३,

दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो असुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन माग गरेका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारणसमेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोडसमेत गरेपछि नेपालीले थप असुरक्षा महसुस गरेका हुन्।

विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जलाइदिएका छन् । स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए। शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन्। यो खबर आजको कान्तिपुरमा सुरेशराज न्यौपाने, देवेन्द्र भट्टराई मिलेर लेखेका हुन्।

‘शुक्रबार प्रार्थनाको दिन भएकाले धेरै सर्वसाधारण विरोधमासहभागी हुन सक्ने र त्यो हिंसात्मक हुन सक्ने सूचना आएको छ,’ गार्डा वर्ल्डका सुरक्षा सुपरभाइजर टेकजंगमल्लले बताए । ‘यहाँका सबै नेपालीको मनोबल खस्किएकोछ । चाँडोभन्दा चाँडो लगिदिए हुन्थ्यो,’ उनले भने ।

‘सरकारले जसरी भए पनि हामीलाई घर फिर्ता गर्नुपर्‍यो,’ क्याम्पका जीवनकुमार पाण्डेले बिहीबार राति टेलिफोनमा कान्तिपुरसँग भने, ‘यहाँको अवस्था निकै डरलाग्दो छ । हामी ५८ जनाले फिर्ता हुन्छौं, ड्युटी गर्न सक्दैनौं भनेर राजीनामा दिएका थियौं । तर जबरजस्ती नाइट ड्युटीमा खटाइएको छ। बुधबार रातिदेखि सुतेका छैनौं ।’

तालिवानको आक्रमणभन्दा पनि डरलाग्दो अवस्था रहेको उल्लेख गर्दै उनले स्थानीयवासी नेपालीसँग निकै आक्रोशित भएको बताए । ‘भोलि जे पनि हुन सक्छ, यहाँबाट बाहिर जान चाहन्छौं । कम्पनीलाई भनेका पनि हौं । मिटिङ पनि भयो । तर कम्पनीले तिमीहरूको कन्ट्र्याक्ट छ, जसरी पनि काम गर्नुपर्छ भनेर ड्युटीमा खटाएको छ,’ उनले भने, ‘शुक्रबार धेरै मान्छेले क्याम्प घेर्दै छन् भन्ने हल्ला छ । बुधबार जस्तो आक्रमण भयो भने हामी खरानी हुन्छौं ।’ वरिपरि तेलका ठूल्ठूलाट्यांकर भएकाले स्थानीयले

तिनमा आगो लगाए कोही बच्न नसक्ने उनले बताए । ‘असुरक्षाका कारण अरू सबै गइसके, यहाँ हामी मात्र छौं,’ उनले भने, ‘सरकारले हाम्रो उद्धार गरोस् ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .