हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ।
दुईजना सहकर्मीसहित धनगढी-४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो। यो खबर आजको कारोबार दैनिकमा मुकेश चौधरीले लेखेका छन्।
पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ।
प्रतिक्रिया