ad ad

छापा खबर


एटीएम प्रकरण : भारतबाट चोरी भएको रकम असुल्न कठिन

एटीएम प्रकरण : भारतबाट चोरी भएको रकम असुल्न कठिन

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार २:१९,

नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ ।

नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड ८९ लाखमध्ये अधिकांश फेला पारिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सबै सरोकारवाला मौन छन् ।

घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका हुन्।

ह्याकरले भारतबाट चोरी गरेको रकम असुलीबारे केही प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकले जनाएको छ। प्रहरीले पनि यसबारे सोधखोज गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .