छापा खबर


बीस वर्ष नपुग्दै आमा

बीस वर्ष नपुग्दै आमा

नेपालखबर
भदौ ७, २०७६ शनिबार १:१२,

रोल्पाको त्रिवेणी गाउँपालिकाले बिहीबार दुई स्वास्थ्य चौकीमा अनुगमन गरेको थियो।

जसमा आव ०७५–७६ मा स्वास्थ्य संस्थाको सम्पर्कमा आएका ३०९ जना गर्भवतीमध्ये ६९ जना बीस वर्षमुनिका भेटिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा रोल्पाबाट नविन लोचनमगरले लेखेका छन्।

कुल गर्भवतीमध्ये १६४ जनाले मात्र स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् । जसमध्ये ५७ जना बीस वर्षमुनिका गर्भवतीले स्वास्थ्य संस्थामै बच्चाको जन्म दिए भने सुरुमा गर्भ जाँच गर्न आएका १२ जना स्वास्थ्य संस्थाको सम्पर्कमै आएनन् ।

गाउँपालिकाको नेर्पा स्वास्थ्य चौकीमा आएका १८८ गर्भवतीमध्ये ५१ जना बीस वर्षमुनिका रहेको स्वास्थ्य चौकीका अहेव ताराप्रसाद वलीले जानकारी दिए।

‘सुरुमा ५१ जना बीस वर्षमुनिका गर्भवतीले स्वास्थ्य जाँच गराएका थिए,’ वलीले भने, ‘तर ३९ जनाले मात्र स्वास्थ्य चौकीमा प्रसूति गराए, अरू सम्पर्कमै आएनन् ।’ स्वास्थ्य संस्थामा आएका १८८ मध्ये १०६ जनाले मात्र स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । बाँकी कहाँ र कस्तो अवस्थामा छन् भन्ने जानकारी आफूहरूलाई नभएको अहेव वलीले बताए।

त्रिवेणी गाउँपालिकाका दुई स्वास्थ्यचौकीको सम्पर्कमा आएका ३ सय ९ गर्भवतीमध्ये ६९ जना २० वर्षमुनिका भेटिए ।

स्वास्थ्य चौकी गैरीगाउँको हालत पनि उस्तै छ । गर्भ जाँचका लागि आएका १२१ मध्ये ५८ जनाले मात्र स्वास्थ्य संस्थामै प्रसूति गराए । जसमध्ये २३ जना बीस वर्षमुनिका छन्।

सुरुमा सम्पर्कमा आएकामध्ये ८९ जनाले नियमित चारपटक गर्भ जाँच गराए पनि प्रसूति भने ५८ जनाले मात्र गराएको गैरीगाउँ स्वास्थ्य चौकीका अहेव सन्जोगकुमार हरिजनले बताए । स्वास्थ्य संस्थाको सम्पर्कमा आएका र गर्भ जाँचसमेत नियमित गराएकाहरू सुत्केरी भने कहाँ कस्तो अवस्थामा छन्, त्यसको विवरण स्वास्थ्य संस्थासँग छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad